शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीको सर्वोत्कृष्ट प्रहरी बने गुरुङ, के गरे त्यस्तो ? (कार्यविवरण सहित)

सोमवार , आषाढ १३, २०७९

सिन्धुली– प्रहरी निरीक्षक विरेन्द्र राज गुरुङ सिन्धुलीको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । ईलाका प्रहरी कार्यालय, कपिलाकोटका इन्चार्ज गुरुङ जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रहरी निरिक्षक गुरुङले प्रहरी संगठनको निती निर्देशन अनुरूप उच्च मनोवलका साथ अनुशासनमा रही ईमान्दारिता र कर्तव्यनिष्ट तवरले विभागिय निति निर्देशनको पालना गरेको भन्दै उत्कृष्ट प्रहरीको ताज दिइएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गुरुङले गरेका उत्कृष्ट कार्यको विवरण सार्वजनिक गर्दै उत्कृष्ट प्रहरी घोषित गरेको हो । गुरुडको कमाण्डमा, हराइरहेको पल्सर एनएस मोटरसाइकल, गत जेठ २० गते चकजाँचको क्रममा बरामद गरिएको थियो । प्रदेश २–०२–००३ प ३२०५ नम्बरको चोरीको मोटरसाइकलसहित चालक प्रेमलाल गोलेलाई प्रहरी निरिक्षक गुरुङकै कमाण्डमा चकेजाँच गर्नेक्रममा पक्राउ गरिएको थियो । त्यस्तै, २१ गते भारतिय नागरिकलाई लागुऔषधसहित गुरुङकै कमाण्डमा पक्राउ गरिएको थियो । भारतको पश्चिम बंगाल बानसगाराका नजुर रहमान शेखको साथबाट ०९.५६ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरीएको थियो ।

त्यसैगरि, ओसार पसार गर्न लुकाई छिपाई राखेको १२६० ग्राम लागुऔषध गाँजा र एउटा धुम्रपान गर्ने चिलिमसहित जेठ २३ गते प्रहरी निरिक्षक गुरुङको नेतृत्वमा बेल बहादुर कामीलाई उनकै घरबाट पक्राउ गरिएको थियो । ईलाका प्रहरी कार्यालय कपिलाकोटको इन्चार्ज समेत रहनुभएको गुरुङकै नेतृत्वमा जेठ २२ गते प्रहरी हुँ भनि प्रहरीको अर्ध पोशाक लगाई रकम माग गर्दै स्थानिय मानिसहरुलाई डरत्रास देखाउने निर्जल शाहीलाई प्ररहीले पक्राउ गरेको हो ।

साथै, इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले जेठ २३ गते दिपक कार्कीलाई आफ्नै घरमा बसिरहेको अवस्थामा लागुऔषध गाजाँ, ब्राउन सुगर जस्तो वस्तु, चरेस र एक राउण्ड गोली फेला पारेको थियो । प्रहरीले कार्कीको कोठाबाट ५०२ ग्राम गाँजा, २२० मिलिग्राम ब्राउन सुगर जस्तो वस्तु, ३.५ ग्राम चरेस र एक राउण्ड गोली फेला पारेको थियो । साईमन भन्ने दिपक कार्कीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी निरिक्षक गुरुङको नेतृत्वले प्रभावकारी भुमिका निर्वाह गरेको सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ्

साथै, वन पैदावार हानी नोक्सानी मुद्दा शिर्षकमा ८ वर्षदेखि फरार वाङग्याल वाईबा र माईते भनिने कान्छामान विश्वकर्मालाई जेठ २६ गते कपिलाकोट प्रहरीले पक्राउ गरेको थियो । उत्कृष्ट प्रहरी घोषणा गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक विमल राज कँडेलले गुरुङलाई बधाई दिनुभएको छ । उहाँले भन्नुभयो, ‘आफ्नो जिम्मेवारी लगनशिल भई ईमान्दारिताकासाथ निर्वाह गरी उत्कृष्ट कार्य प्रदर्शन गरेकोले गुरुङलाई उच्च मुल्यांकन गर्दै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न २०७९ जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।’

सम्बन्धित विषय:

प्रतिक्रिया