सिन्धुली– सिन्धुलीमा प्रहरी हुँ भन्दै स्थानियलाई डर त्रास देखाउने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुम्लाको सिन्जा गाउँपालिका ६ रुगाका निर्जल शाही भन्ने बिष्णु बहादुर शाहीलाई मरिण गाउँपालिका वडा नं ०७ जयमंगल बजारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

गत बुधबारदेखि जिल्लाको मरिण गाउँपालिकाको विभिन्न स्थानमा प्रहरी हुँ भनि प्रहरीको अर्ध पोशाक लगाई रकम माग गरि डरत्रास देखाएको भन्दै प्रहरीमा निवेदन परेको थियो । सत्य तथ्य बुझि आवश्यक कारवाही गरीपाउँ भन्ने निवेदन परेपछि प्रहरीले शाहीको खोजतलासी गरेको थियो । संकास्पदरुपमा प्रहरीको गन्जी र कट्टु लगाई हिडिरहेको अवस्थामा शाहिलाई प्रहरीले आइतबार फेला पारेको डिएसपि लामाले बताउनुभयो । प्रहरीले सोधपुछको लागी नियन्त्रणमा लिने क्रममा शाहीले प्रहरीसँग अभद्र ब्यबहार, वादविवाद समेत गरेकोले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको लामाले बताउनुभयो ।