काठमाडौं ०९ जेठ – नेपाल राष्ट्र बैंकले आज जेठ ०९ गते सोमवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२३ रुपैयाँ ७८ पैसा र विक्रीदर १२४ रुपैयाँ ३८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ७४ पैसा र विक्रीदर १३१ रुपैयाँ ३७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५४ रुपैयाँ ५८ पैसा र विक्रीदर १५५ रुपैयाँ ३८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२६ रुपैयाँ ९३ पैसा र विक्रीदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०७ पैसा र विक्रीदर ८७ रुपैयाँ ४९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ४१ पैसा र विक्रीदर ९६ रुपैयाँ ८८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९० रुपैयाँ १० पैसा रहेको छ ।
यता जापानी यन आज १०० को खरिद दर नेपाली ९ रुपैयाँ ६८ पैसा र विक्रीदर ९ रुपैयाँ ७३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र विक्रीदर १८ रुपैयाँ ५८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ०० पैसा र विक्रीदर ३३ रुपैयाँ १६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३३ रुपैयाँ ९६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ७० पैसा र विक्रीदर ३३ रुपैयाँ ८६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २० पैसा र विक्रीदर २८ रुपैयाँ ३४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७१ पैसा र विक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४५ पैसा र विक्रीदर १२ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ५७ पैसा र विक्रीदर १७ रुपैयाँ ६५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ७७ पैसा र विक्रीदर १५ रुपैयाँ ८५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४०४ रुपैयाँ १८ पैसा र विक्रीदर ४०६ रुपैयाँ १४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२८ रुपैयाँ ३३ पैसा र विक्रीदर ३२९ रुपैयाँ ९२ पैसा रहेको छ ।
