काठमाडौं ३१ बैशाख – नेपाल राष्ट्र बैंकले आज बैशाख ३१ गते शनिवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२३ रुपैयाँ ६३ पैसा र विक्रीदर १२४ रुपैयाँ २३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२८ रुपैयाँ ४० पैसा र विक्रीदर १२९ रुपैयाँ ०३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५० रुपैयाँ ७९ पैसा र विक्रीदर १५१ रुपैयाँ ५२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२३ रुपैयाँ ६८ पैसा र विक्रीदर १२४ रुपैयाँ २८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १६ पैसा र विक्रीदर ८५ रुपैयाँ ५७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ०९ पैसा र विक्रीदर ९५ रुपैयाँ ५५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ५७ पैसा र विक्रीदर ८९ रुपैयाँ ०५ पैसा रहेको छ ।
यता जापानी यन आज १०० को खरिद दर नेपाली ९ रुपैयाँ ५९ पैसा र विक्रीदर ९ रुपैयाँ ६३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २१ पैसा र विक्रीदर १८ रुपैयाँ ३० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ९६ पैसा र विक्रीदर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा र विक्रीदर ३० रुपैयाँ ०७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५६ पैसा र विक्रीदर ३ रुपैयाँ ५७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३३ रुपैयाँ ८२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ११ पैसा र विक्रीदर २८ रुपैयाँ २५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६४ पैसा र विक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २४ पैसा र विक्रीदर १२ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ २५ पैसा र विक्रीदर १७ रुपैयाँ ३४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ७५ पैसा र विक्रीदर १५ रुपैयाँ ८३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४०२ रुपैयाँ ७७ पैसा र विक्रीदर ४०४ रुपैयाँ ४२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२७ रुपैयाँ ९६ पैसा र विक्रीदर ३२९ रुपैयाँ ५५ पैसा रहेको छ ।


