शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

मरिणमा २ करोड बढीको भैंसी तथा बंगुरपालन कार्यक्रम संचालन हुने

बिहिवार , बैशाख २२, २०७९

मरिण गाउँपालिकामा २ करोड भन्दाबढीको उन्नत जातको भैँसी तथा वंगुरपालन कार्यक्रम संचालन हुने भएको छ । उन्नत जातको भैंसी तथा वंगुरपालन कार्यक्रम कार्यान्वयनका लागि बागमती प्रदेश र मरिण गाउँपालिका विच द्विपक्षीय सम्झौता भएको हो । नवप्रवर्तन साझेदारी कोष कार्यान्वयनको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश, हेटौँडा र मरिण गाउँपालिका बिच सम्झौता भएको गाउँपालिकाले जनाएको छ । मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय ओम बहादुर दर्जीका अनुसार २ करोड ९ लाख ५६ हजारको उन्नत जातको भैसी तथा वंगुरपालन कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको हो । सम्झौतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट सचिव एवं प्रदेश कार्यक्रम निर्देशक स्किम श्रेष्ठ र मरिण गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले हस्ताक्षर गर्नुभएको छ । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट अधिकृत सातौ अमृत कुमार श्रेष्ठ र गाउँपालिकाको तर्फबाट सुचना प्रविधि अधिकृतले साक्षिमा हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया