शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाईका उपमेयर उम्मेदवार श्रेष्ठ सहित १० जनाको उम्मेदवारी दर्ता हुन सकेन

मंगलवार , बैशाख १३, २०७९

कमलामाई नगरपालिकाका उपमेयरका उम्मेदवार दीर्घराज श्रेष्ठ सहित १० जनाको उम्मेदवारी दर्ता हुन सकेको छैन । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय कमलामाई नगरपालिकामा माओवादी केन्द्रबाट उपमेयर उम्मेदवार बनेका श्रेष्ठ सहित १० जनाको उम्मेदवारी दर्ता हुन नसकेको हो ।

श्रेष्ठको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा दर्ता प्रक्रियामा इन्ट्री हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाका अनुसार, श्रेष्ठको नाम समानुपातिक प्रणलीको बन्द सूचीमा रहेको हुँदा नाम दर्ता हुन सकेको छैन ।अन्य उम्मेदवारहरुको भने प्रस्तावकको विवरण नभिडेकाले दर्ता हुन नसकेको बताइएको छ ।उपमेयर श्रेष्ठको नाम जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सूचीमा थियो । श्रेष्ठ केही हप्ताअघि मात्र जसपा परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका थिए । अब जसपाले बन्द सूचीबाट उहाँको नाम हटाएपछि मात्र उपमेयर उम्मेदवार हुन पाउनेछन् ।

यस्तै, कमलामाई नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टिका २ जना वडा अध्यक्ष पदका उमेवदार सहित ९ जनाको मनोनयन दर्ता भएको छैन । प्रस्तावकको विवरण नभिडेको भन्दै कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पदका उमेदवार बिष्णु कुमार श्रेष्ठ, समर्थकको विवरण नभिडेको वडा नम्बर ११ का वडा अध्यक्ष पदका उमेदवार मेग बहादुर ठकुरी लगायत अन्य ७ जना वडा सदस्यहरुको नाम दर्ता हुन नसकेको मुख्य निर्वाचन अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया