काठमाडौं ११ बैशाख – नेपाल राष्ट्र बैंकले आज बैशाख १२ गते सोमवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२२ रुपैयाँ ०८ पैसा र विक्रीदर १२२ रुपैयाँ ६८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र विक्रीदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५६ रुपैयाँ ७४ पैसा र विक्रीदर १५७ रुपैयाँ ५१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२७ रुपैयाँ ५३ पैसा र विक्रीदर १२८ रुपैयाँ १५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३७ पैसा र विक्रीदर ८८ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ०३ पैसा र विक्रीदर ९६ रुपैयाँ ५० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ०४ पैसा र विक्रीदर ८९ रुपैयाँ ४८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४९ पैसा र विक्रीदर ९ रुपैयाँ ५४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ५५ पैसा र विक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र विक्रीदर ३३ रुपैयाँ ४९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र विक्रीदर ३३ रुपैयाँ ४० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २३ पैसा र विक्रीदर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८१ पैसा र विक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८० पैसा र विक्रीदर १२ रुपैयाँ ८६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७२ पैसा र विक्रीदर १७ रुपैयाँ ८१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५६ पैसा र विक्रीदर १५ रुपैयाँ ६३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९९ रुपैयाँ ४८ पैसा र विक्रीदर ४०१ रुपैयाँ ४४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२३ रुपैयाँ ८२ पैसा र विक्रीदर ३२५ रुपैयाँ ४१ पैसा रहेको छ ।
