काठमाडौं ०९ बैशाख – नेपाल राष्ट्र बैंकले आज बैशाख ०९ गते शुक्रवार का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ ५४ पैसा र विक्रीदर १२२ रुपैयाँ १४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ६९ पैसा र विक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ९९ पैसा र विक्रीदर १५९ रुपैयाँ ७७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२८ रुपैयाँ २८ पैसा र विक्रीदर १२८ रुपैयाँ ९१ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४४ पैसा र विक्रीदर ९० रुपैयाँ ८९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४० पैसा र विक्रीदर ९७ रुपैयाँ ८८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ३४ पैसा र विक्रीदर ८९ रुपैयाँ ७८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ५० पैसा र विक्रीदर ९ रुपैयाँ ५५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र विक्रीदर १८ रुपैयाँ ९५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ४१ पैसा र विक्रीदर ३२ रुपैयाँ ५७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र विक्रीदर ३३ रुपैयाँ ४४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०९ पैसा र विक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३२ पैसा र विक्रीदर २८ रुपैयाँ ४६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८३ पैसा र विक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९० पैसा र विक्रीदर १२ रुपैयाँ ९९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ८३ पैसा र विक्रीदर १७ रुपैयाँ ९२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४९ पैसा र विक्रीदर ५१ रुपैयाँ ५७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९८ रुपैयाँ २६ पैसा र विक्रीदर ४०० रुपैयाँ २२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ३७ पैसा र विक्रीदर ३२३ रुपैयाँ ९७ पैसा रहेको छ ।
