काठमाडौं,२९ चैत – नेपाल राष्ट्र बैंकले आज चैत २९ गते मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ २३ पैसा र विक्रीदर १२१ रुपैयाँ ८३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ २६ पैसा र विक्रीदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ १० पैसा र विक्रीदर १५८ रुपैयाँ ८८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ८० पैसा र विक्रीदर १३० रुपैयाँ ४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३२ पैसा र विक्रीदर ९० रुपैयाँ ७६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ३२ पैसा र विक्रीदर ९६ रुपैयाँ ८० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ८६ पैसा र विक्रीदर ८९ रुपैयाँ ३० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६७ पैसा र विक्रीदर ९ रुपैयाँ ७२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र विक्रीदर १९ रुपैयाँ १३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ३३ पैसा र विक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १० पैसा र विक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा र विक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६६ पैसा र विक्रीदर २८ रुपैयाँ ८० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ८२ पैसा र विक्रीदर ९ रुपैयाँ ९२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७९ पैसा र विक्रीदर १२ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७८ पैसा र विक्रीदर १७ रुपैयाँ ८७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४७ पैसा र विक्रीदर १५ रुपैयाँ ५४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९७ रुपैयाँ ५० पैसा र विक्रीदर ३९९ रुपैयाँ ४७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२१ रुपैयाँ ५४ पैसा र विक्रीदर ३२३ रुपैयाँ १० पैसा रहेको छ ।
