शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

चुनावको मुखमा सिन्धुलीका ४ इन्चार्ज सहित ५ जना निरिक्षक सरुवा

आइतवार , चैत्र २७, २०७८

सिन्धुली –सिन्धुलीमा कार्यरत नेपाल प्रहरीका मुखमा सिन्धुलीको ४ इन्चार्ज सहित ५ जना निरिक्षक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैसाथ ६७३ जना प्रहरी निरिक्षकको सरुवा गरेकोमा सिन्धुलीको दुईजना ईलाका प्रहरी इन्चार्ज पनि परेका छन् । २०७९ वैशाख महिनादेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाटै पाउने गरी विभिन्न ठाँउमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रकाशन गरेको सरुवा सूची अनुसार ईलाका प्रहरी कार्यालय खुर्कोटका इन्चार्ज अनिलराज गिरीको प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्यूरो महाराजगंज, काठमाडौँ संगठित अपराध अनुसन्धान शाखामा सरुवा भएको छ । उनको ठाउँमा राजेश शाक्य खुर्कोट आउने भएका छन् । त्यसैगरि, ईलाका प्रहरी कार्यालय भिमानका इन्चार्ज कृष्ण खत्रीको ईलाका प्रहरी कार्यालय लहानमा सरुवा भएको छ । उनको ठाउँमा प्रदिप महत भिमान आउने भएका छन् ।

ईलाका प्रहरी कार्यालय बस्तिपुरको इन्चार्ज सरोज राइको सरुवा भएको छ । उनको ठाउँमा सुजित कुमार देवकोटा बस्तिपुर आउने भएका छन् । यसैगरी ईलाका प्रहरी कार्यालय कपिलाकोको इन्चार्ज शुसिल आचार्यको सरुवा भएको छ । उनको ठाउँमा विरेन्द् राज गुरुङ कपिलकोट आउने भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी निरिक्षक बुद्वी मान नेपालको ठाउमा किशोर ढुंगाना आउने भएका छन ।

सम्बन्धित विषय:

प्रतिक्रिया