काठमाडौं,१७ चैत – नेपाल राष्ट्र बैंकले आज चैत १६ गते बिहवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ २६ पैसा र विक्रीदर १२२ रुपैयाँ ७६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र विक्रीदर १३५ रुपैयाँ ५६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र विक्रीदर १६० रुपैयाँ २० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ८३ पैसा र विक्रीदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०२ पैसा र विक्रीदर ९१ रुपैयाँ ४७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०६ पैसा र विक्रीदर ९७ रुपैयाँ ५४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ४७ पैसा र विक्रीदर ८९ रुपैयाँ ९३ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र विक्रीदर १९ रुपैयाँ १७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ २९ पैसा र विक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र विक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९९ पैसा र विक्रीदर ३३ रुपैयाँ १५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८२ पैसा र विक्रीदर २८ रुपैयाँ ९६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०१ पैसा र विक्रीदर १० रुपैयाँ ०६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०५ पैसा र विक्रीदर १३ रुपैयाँ ११ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १४ पैसा र विक्रीदर १८ रुपैयाँ २३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४८ पैसा र विक्रीदर १५ रुपैयाँ ५६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९८ रुपैयाँ ५४ पैसा र विक्रीदर ४०० रुपैयाँ ५१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२१ रुपैयाँ ३६ पैसा र विक्रीदर ३२२ रुपैयाँ ९५ पैसा रहेको छ ।
