शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज चैत १६ गते बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , चैत्र १६, २०७८

काठमाडौं,१६ चैत – नेपाल राष्ट्र बैंकले आज चैत १६ गते बुघवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ २८ पैसा र विक्रीदर १२२ रुपैयाँ ८८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ९४ पैसा र विक्रीदर १३४ रुपैयाँ ६० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ७२ पैसा र विक्रीदर १५९ रुपैयाँ ५० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ५४ पैसा र विक्रीदर १३० रुपैयाँ १९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९५ पैसा र विक्रीदर ९१ रुपैयाँ ४० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ १५ पैसा र विक्रीदर ९७ रुपैयाँ ६३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ १९ पैसा र विक्रीदर ८९ रुपैयाँ ६३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८२ पैसा र विक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र विक्रीदर १९ रुपैयाँ १४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ३३ पैसा र विक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र विक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०२ पैसा र विक्रीदर ३३ रुपैयाँ १८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७८ पैसा र विक्रीदर २८ रुपैयाँ ९३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९४ पैसा र विक्रीदर १३ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ०१ पैसा र विक्रीदर १८ रुपैयाँ १० पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४९ पैसा र विक्रीदर १५ रुपैयाँ ५७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९८ रुपैयाँ ३७ पैसा र विक्रीदर ४०० रुपैयाँ ३४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३२३ रुपैयाँ २७ पैसा रहेको छ ।

प्रतिक्रिया