काठमाडौं,०९ चैत – नेपाल राष्ट्र बैंकले आज चैत ०९ गते बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ ५९ पैसा र विक्रीदर १२२ रुपैयाँ १९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ७२ पैसा र विक्रीदर १३४ रुपैयाँ ३८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ५२ पैसा र विक्रीदर १६१ रुपैयाँ ५१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ९० पैसा र विक्रीदर १३० रुपैयाँ ५४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र विक्रीदर ९० रुपैयाँ ७६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र विक्रीदर ९६ रुपैयाँ ७६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ५२ पैसा र विक्रीदर ८९ रुपैयाँ ९६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०५ पैसा र विक्रीदर १० रुपैयाँ १० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र विक्रीदर १९ रुपैयाँ २० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ४१ पैसा र विक्रीदर ३२ रुपैयाँ ५७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र विक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ १० पैसा र विक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८४ पैसा र विक्रीदर २८ रुपैयाँ ९८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९८ पैसा र विक्रीदर १० रुपैयाँ ०३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८३ पैसा र विक्रीदर १२ रुपैयाँ ८९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९७ पैसा र विक्रीदर १८ रुपैयाँ ०६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५३ पैसा र विक्रीदर १५ रुपैयाँ ६१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९९ रुपैयाँ ५३ पैसा र विक्रीदर ४०१ रुपैयाँ ८१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ५२ पैसा र विक्रीदर ३२४ रुपैयाँ ११ पैसा रहेको छ ।
