काठमाडौं, - हिजो पूर्वयुवराज पारस शाहको जन्मदिन । उनी हिजो ५० वर्ष पुगे । एउटा जन्मदिनमा कतिसम्म खर्च होला हजार, दश हजार लाख तर पारसले जन्मदिनमा झण्डै आधा करोड खर्च गरेको खबर बाहिरिएको छ ।
उनको जन्मदिन पार्टीको खर्चको विवरण सार्वजनिक भएपछि सबैजना चकित परेका छन् । यसपटक पारसको जन्मदिन पूर्व राजपरिवारले तामझामका साथ मनाए । होटल सोल्टीमा पूर्वराजपरिवारका सदस्य जन्मदिन मनाउन पुगेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पारसका सन्तान, बहिनीहरुका अलावा राजपरिवारका नातेदारको ठूलै जमघट भएको थियो । २ सय जनाका लागि हल बुक गरिएको थियो ।
पारसको जन्मदिनमा राति अबेरसम्म कक्टेलसहितको भोज चलेको थियो । नाँचगान पनि खूबै जमेको थियो ।
रातभर २ सय जनाका लागि चलेको भोजमा २६ लाख जति बिल आएको बुझिएको छ । ब्रान्डेड महङ्गा रक्सी, कन्टिनेन्टल खाना र तामझामका कारण पनि बिल बढी आएको बुझिएको छ ।
पछिल्लो समय पारसमा निकै सुधार देखिएको छ । उनी सामान्य अवस्थातर्फ फर्किएकाले पनि जन्मदिनमा यसपटक राम्रै जमघट गर्ने गरी सोल्टीमा पार्टी आयोजना भएको बुझिएको छ । परिवारसँग नजिकिएका पारस पनि निकै उत्साही भएको बुझिएको छ ।