शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा डाक्टरको लापर्वाहिका कारण बालकको मृत्यु

आइतवार , भाद्र २०, २०७८

‘दोषीलाई कारबाहि नभए सम्म हामी शब उठाउँदैनौ । दोषीलाई कानुनी कार्बाहि हुनै पर्छ, पिडितले क्षेत्रीपुर्ति पाउनु पर्छ ।’ तिनपाटन गाउँपालिका २ भिमस्थानको ओम शान्ति हेल्थ केयर अगाडि सय जना भन्दा बढी स्थानिय भेला भएर एक बच्चाको शब गेटमा राखि न्याय माग्दै थिए । ओम शान्ति हेल्थ केयरको लापर्वाहिको कारण सात महिने बालकको ज्यान गएको भन्दै बालकको शब अगाडि राखि स्थानियले आइताबार हेल्थ केयर घेराउ गरेका छन् । खुट्टामा आगोले पोलेर हेल्थ केयरमा उपचारकालागि लगिएको बालकको उपचारमा खटिएका डाक्टरले ओभर डोज औषधी दिएको कारण मृत्यु भएको पिडित पक्षले बताएका छन् ।

मृतक बालकका मामा राम धन तामाङका अनुसार साउन ३१ गते दिउँसो खेल्ने क्रममा बच्चाको खुट्टा आगोमा परि घाउँ भएपछि उपचारको लागि नजिकैको हेल्थ केयरमा लगियो । हेल्थ कियरमा एक हप्ता सम्मको उपचार पछि बच्चाको घाउँ निको हुदैँ गएकाले डिस्चार्ज गरि घर ल्याएको उहाँले सुनाउनुभयो । “भदौ ६ गते हामिले डाक्टरको सल्लाहमै बच्चालाई घर ल्यायौँ । बच्चालाई अलि ठिक पनि भएको थियो ।” बच्चाको मामा तामाङले भन्नुभयो, “खुटटको घाउँ फेरि विस्तारै पाक्न थाल्यो, यहि हेल्थ केयरमा बेला बेला घाउँ सफा गर्न लगिरहेका थियौ ।”

बच्चाको घाउँ ठिक नभएपछि बाहिर उपचारका लागि लग्ने तयारी गर्दा समेत हेल्थ केयरका संचालक भुवन कटुवालले बच्चालाई बाहिर लग्न रोकेको तामाङले बताउनुभयो । ‘यहि उपचार हुने भन्दै हेल्थ कियरका संचालक भुवन कटुवालले बाहिर लग्न दिनुभएन ।’ उहाँले भन्नुभयोे, ‘भदौ १६ गते यहि राखेर उपचार गर्न थाल्यौ । १६ गते दिउँसो घाउँ सफा गर्ने भन्दै डाक्टरले बच्चालाई दुखाइ कम गर्ने सुइ लगाइ दिए । त्यसपछि बच्चा बिहोस भयो, राती ८ बजे बच्चाको होस आउँछ भन्दै यहि राख्यौँ ।’

बच्चाको बिहान ६ बजे सम्म होस नआएपछि हेल्थ केयरका संचालक कटुवालले नै एम्बुलेन्स बोलाई काठमाडौँ लग्नु भनेको उहाँले बताउनुभयो । उपचारको लागि लाग्ने सम्पूर्ण खर्च आफैँले बेहोर्ने भन्दै संचालक कटुवालले बच्चाको उपचारको लागि काठमाडौँको पाटन अस्पताल पठाएको उहाँको भनाइ छ ।

काठमाडौँ नपुर्‍याउदैँ बच्चाको बाटोमै मृत्यु भयो । पाटन अस्पतालले पनि बच्चालाई ल्याउन ढिला भएको भन्दै मृत्यु भइसेकेको बताएपछि संचालक कटुवालले आफ्नो गल्ति स्वीकार गरि क्षतिपुर्ति व्यहोर्ने बताएको उहाँ बताउनुहुन्छ । ‘हेल्थ कियरका संचालक कटुवालले सबै गल्ति स्वीकार्नु भएको थियो । क्षेतिपुर्ति समेत व्यहोर्ने बताउनुभएको थियो ।’ तामाङले भन्नुभयोे, ‘केहि दिन कटुवाल हामी सँगै हुनुहुन्थ्यो । केहि दिनपछि वडा अध्यक्ष र प्रहरीले कटुवाललाई छोड्नु भन्दै मेरो भाइलाई सम्पर्क गर्नुभयो, भदौ १९ गते पोष्टमार्टम गर्ने बेला शव बुझ्नको लागि कटुवाललाई खोज्दा उहाँ हुनुहुन्न थियो । त्यसपछि उहाँ सम्पर्कविहिन हुनुभयो ।” पोष्ट मार्टम रिपोर्टमा समेत ओभर डोज औषधीको कारण बच्चाको मृत्यु भएको उल्लेख गरिएको उहाँले बताउनुभयो ।

अहिले बच्चाको शब हेल्थ केयर अगाडि राखि दोषिलाई कानुनी कार्बाहि हुनुपर्ने माग गदै स्थानियले घेराउ गरिरहेका छन् । हाल हेल्थ केयरका संचालक, कर्मचारी लगाएत सम्पूर्ण फरार रहेको स्थानिले बताएका छन् । दोषिलाई कारबाहि नभए सम्म बच्चाको दाहसंस्कार नगर्ने पिडित पक्षले अडान लिएका छन् । साथै स्थानियले विरोध गदै तिनपाटन चकमके सडक समेत बन्द गरेका छन् ।

यता, तिनपाटन गाउँपालिका २ का वडा अध्यक्ष हेम बहादुर श्रेष्ठ भने आफु पिडितको पक्षमा नै रहेको बताउनुहुन्छ । दोषिलाई कानुनी कारबाहि हुनुपर्ने भन्दै आफु पनि लागि रहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भने घट्नाकोबारे अनुसन्धान भइरहेको जनाएको छ ।

गेटमा शव राखिएको दृश्य

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया