तीनमहिनामै सरुवामा परेका सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिना ।
सिन्धुली,१३ चैत्र – प्राकृतिक स्रोत दोहन रोक्नखोज्दा सरुवाभएर आएको तीनमहिनामै सिन्धुलीप्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिनाको काज सरुवा भएको छ । सुनकोशी दोहन र अन्य खोलाहरुमा अबैध खोलिएका क्रसरहरु नियमन गर्ने, गा“जा फ“डानी, पुराना मुद्धाको फस्र्यौट लागि अभियूक्तहरुको पक्राउलाई प्राथमिकतामा राखेर काम गरेका उपरीक्षक तिम्सिना गएको पुष महिनामा सिन्धुली सरुवाभएर आउनु भएको थियो । तीन महिनामै प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाउनुमा क्रसर संचालकहरुको माथिको कनेक्सन स“ग जोडेर हेरिएको छ ।
सुनकोश्ीनदीमा बालुवा प्रशोधन केन्द्रका नाममा दर्जनौ क्रसरहरु अबैध संचालनमा रहेका छन् । ती वालुवा प्रशोधन केन्द्र बाताबरण प्रभाव मुल्यांकन बिनै संचालनमा आएको र राष्ट्रिय राजमार्गस“ग जोडिएकाले अबैध रहेको सूचना पाएपछि उपरीक्षक तिम्सिनाले बन्द गर्ने प्रयास गर्नु भएको थियो । अबैध उत्खनन् र प्रशोधनमा रहेका सबैलाई कानूनीदायरामा ल्याउन शुरु मात्र के भएको थियो, एसपी साहेवको काज सरुवाभएको खबर आयो, प्रहरी कै एक अधिकृतले सुनाए । के कारणले प्रधान कार्यालयले तीन महिनामै बोलायो, त्यो त थाहा भएन्, तर तस्कर, अबैध काम गर्नेहरु भने त्राहिमाम हु“दै गएका थिए तीनै अधिकृतले भने, “अबैध कामगर्नेहरुको पहु“च र कनेक्सनमा माथिल्लोस्तरसम्म हुने भएकाले कामगर्ने कार्यालय प्रमुखहरु लाई टिक्न दिंदैनन् ।”
सुनकोशीमा वालुवा प्रशोधन केन्द्र भनि दर्ता भएर क्रसर उद्योग संचालनगर्दै आएका यतिखेर बन्द प्राय छन् । सबैलाइ मापदण्ड पु¥याएर मात्र संचालन गर्न उर्दी भएपछि क्रसर संचालकहरु उपरीक्षक तिम्सिनाको सरुवाको लागि गृह मन्त्रालय धाउन थालेक ाथिए । अबैद्य नदी दोहन गर्नेहरु उपरीक्षक तिम्सिनाको सिन्धुली सरुवाहुने वित्तिक्कै सातोपुत्लो गएको थियो, रोक्न थालेका पनि थिए, तर टिक्न दिएनन्, निर्माण व्यवसायी छेत्र वम्जनले प्रतिक्रिया व्यक्त गर्नु भयो । सदरमुकाम सिन्धुलीमाडीको ग्वाङखोला, कमलानदी, च“दाहाखोला, मरिणखोला, लगाएतमा ढुंगा, वालुवा, गिट्टीको ठेक्का नलागी दोहन हुन नदिने उपरीक्षक तिम्सिनाले अडान लिएपछि स्थानीयतहहरुले टेण्डर आह्वान गर्न थालेका थिए ।
तत्कालिन नेकपाहु“दा ओली पक्ष र दाहाल नेपाल पक्षको चेपुवामा समेत उपरीक्षक तिम्सिना पर्दै आउनु भएको थियो । पार्टी कार्यालयमा दुवै पक्षको दावी, स्थानीयतहमा एक अर्काको कार्यक्रम विथोल्ने जस्ता कार्यमा उपरीक्षक तिम्सिनाको साथखोजेपछि उहाँ चेपुवामा पर्नु भएको थियो । प्रहरी कार्यालयमा भएको संचारकर्मीहरुस“गको भेटमा समेत उपरीक्षक तिम्सिनाले अबैध कामगर्नेहरुलाइ तहलगाउन एक वर्षे कार्यकाल काफीहुने बताउनु भएको थियो । नेताको भनसुन हु“दा अझ कडारुपमा प्रस्तुतहुने भनेर उपरीक्षक तिम्सिना चिनिन थाल्नु भएको थियो ।
गत माघको अन्तिम साता पूर्वबाट मोटरसाइकलमा आएका दुइजनालाई दुई किलो सुन सहित उपरीक्षक तिम्सिनाको नेतृत्वमा पक्राउ गरिएको थियो । जनप्रतिनिधिको रोहबरमा समातिएको सुन सहित पक्राउ गरेको भएपनि सक्कली र नक्कली छुट्याउन धनुषा लैजानुपर्ने भन्दै साहुकोमा पु¥याएको आरोप समेत उपरीक्षक तिम्सिनालाई लाग्दै आएको थियो । सुन नक्कली भएको भन्दै जहा“बाट ल्याएको हो, त्यहि पु¥याएर रकमको चलखेल भएको प्रहरी वृत्तमै चर्चा थियो । प्रहरीका अनुसार उपरीक्षक तिम्सिनालाई प्रहरी प्रधान कार्यालय महानिरिक्षकको सचिवालयमा तानिएको छ भने सिन्धुलीमा सर्वोच्चअदालत सुरक्षामा रहननु भएका गोविन्द थपलियालाई पठाइएको छ ।