शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सइ र असइको भाग्य खुल्ला ?

मंगलवार , फाल्गुण ४, २०७७

काठमाडौं, ४ फाल्गुन - नेपाल प्रहरीको बढुवामा सधैं चलखेल हुन्छ । रिक्त पद थोरै हुने, आकांक्षी धेरै हुने तर निष्पक्षता नहुने भएकाले यस्तो चलखेल हुनु स्वभाविक हो ।

अझ सइबाट इन्सपेक्ट बढुवामा प्रहरी नेतृत्वमाथि अत्याधिक दबाब आउने गर्दछ । हाल सइका एक सय पद रिक्त छन् । जमा ४० पदमा बढुवा हुन्छ । त्यसमा तीन सय भन्दा धेरै सइ प्रतिस्पर्धामा छन् । यस्तो समस्या भएपछि प्रहरी प्रधान कार्यालयले नीति नै फेर्नुपर्ने निष्कर्षमा पुगेको छ ।

रिक्तमध्ये ६० प्रतिशत पद बढुवाबाट पदपूर्ति गर्नुपर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको छ । यो पास भएमा सइबाट इन्सपेक्टरमा बढुवाको जाम केही हदसम्म खुल्नेछ । सोही कारण तत्काल सइको बढुवा रोकिएको छ ।

उता असइमाथि भएको अन्यायमा पनि केही राहत मिल्ने देखिएको छ । पूर्व एसएसपी डा.गणेश रेग्मीले असइमाथि भएको विभेद हटाउन सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । १२ कक्षा उत्तिर्ण व्यक्रि निजामतीमा नासु हुने तर प्रहरीको असइले भने खरिदार सरहको मात्र सुविधा पाउँछ । यो विभेद हटाउन माग गरी उनले रिट दायर गरेका हुन् । जसको बुधबार सुनुवाई हुँदैछ । राज्यबाट भएको यस्तो अन्यायमा सर्वाेच्चले असइलाई न्याय दिने अपेक्षा गरिएको छ ।दृष्टिि बाट साभार

ओली समूह छोड्न परामर्शमा पूर्वमाओवादी नेताहरु

काठमाडौं,४ फाल्गुन - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिवद्धताअनुसारको भूमिका नदिएको र आफूहरुमाथि शंकाको नजरले हेरेको भन्दै उनीनिकट पूर्वमाओवादी नेताहरु परामर्शमा जुटेका छन्। ओलीले आफूहरुलाई पेलेर जाने मनस्थिति बनाएपछि पूर्वमाओवादी नेताहरुले विकल्प खोज्न थालेको स्रोत बताउँछ।

स्रोतका अनुसार ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापालाई सहअध्यक्ष बनाउने वचन दिए पनि अहिले तेस्रो बरियता दिनसमेत आनाकानी गरिरहेका छन्। त्यसैगरि गृहमन्त्रीमा जिल्लिएका उर्जामन्त्री टोपबहादुर रायमाझीलाई महासचिव विष्णु पौडेलभन्दा माथिल्लो बरियता दिने वचन दिएका ओलीले पछिल्ला दिनमा बेवास्ता गर्न थालेका छन्।

ओलीले पूर्वमाओवादी नेताहरुलाई प्रतिवद्धताअनुसारको जिम्मेवारी र विश्वास नगरेपछि उनीहरु चिढिएका थिए। ‘‘प्रधानमन्त्रीमा उपयोग गर्ने मानसिकता मात्र देखियो’’ नाम उल्लेख नगर्ने शर्तमा गृहमन्त्रीनिकट एक नेताले भने, ‘‘उहाँमा आफूतिर तान्नलाई सबै कुरा हुन्छ भन्ने र पक्ष लिएपछि पेल्ने नियत देखिएको छ।’’

तर, प्रधानमन्त्री स्रोतले भने गृहमन्त्री थापा र पूर्वमाओवादी समूहका नेताहरुलाई हैसियतभन्दा बढी जिम्मेवारी दिएको दाबी गरेको छ। प्रधानमन्त्री ओलीको सचिवालयमा काम गरिसकेका एक सदस्यले भने, ‘‘सुरुमा गृहमन्त्रीले मेरो सबै टीम नै मसँग छ भन्नुभएको रहेछ। तर, अहिलेसम्म हेर्दा उहाँ एक्लै हुनुहुँँदो रहेछ। उहाँले आफ्ना नेताहरुलाई सरकारको बचाउमा लाग्न आग्रहसमेत नगर्नुलाई कसरी हेर्ने ? यस हिसाबले हेर्दा उहाँलाई दिइएको जिम्मेवारी हैसियतभन्दा माथिल्लो हो।’’

गृहमन्त्री थापाले युवा संघमा समानान्तर कमिटी बनाएर एकताविरोधी गतिविधि गरेको उनले आरोप लगाए। ‘‘सरकारमा बस्ने, अनि समानान्तर कमिटी पनि बनाउने ? यस्तो तरिकाले चल्दैन’’ उनले भने।

ओलीले फागुन १ गते आफूहरुको इज्जयत जोगाउनका लागि भए पनि जनयुद्ध दिवस मनाउने विश्वासमा रहेका नेताहरु त्यसमा पनि जिल्लिएका छन्। ‘‘जनयुद्ध दिवसमा कुनै न कुनै कार्यक्रम गरौं भनेर हामीले आग्रह गर्‍यौं। तर, प्रधानमन्त्रीमा त्यसप्रति अरुचि मात्रै होइन, असहमति पनि देखिएको छ’’ खानेपानीमन्त्री मणिचन्द्र थापानिकट एक नेताले भने।

गृहमन्त्री थापाले केही दिनअघि युवा संघको केन्द्रीय समिति बैठक बहिस्कार गर्न आफूपक्षीय नेताहरुलाई निर्देशन दिएका थिए। उनकै निर्देशनअनुसार युवा संघमा विवाद बल्झिएको छ। युवा संघमा मात्र होइन, थापाले आफूपक्षीय नेताहरुलाई सबै मोर्चामा असहमति राख्न निर्देशन दिइसकेका छन्।

थापाको असहमतिमा सर्वोच्चमा चलिरहेको बहसको छायाँ पनि देखिएको छ। सुरुका दिनमा ‘संसद पुनर्स्थापना हुनै सक्दैन’ भन्ने विश्वासमा रहेका थापा पछिल्ला बहसहरुको श्रृंखलाले झस्किएका छन्। संसद पुनर्स्थापनाको सम्भावना बढी देखेपछि थापाले ओली समूहबाट बाहिरिने बहानाबाजी खोजिरहेको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ।

थापा मात्र होइन, उद्योगमन्त्री लेखराज भट्ट पनि ओलीसँग चिढिएका छन्। पछिल्ला दिन उनले सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै ओली समूह छोड्न सक्ने संकेत गर्दै आएका छन्। ‘‘ओलीले पेल्दै गए उनलाई छोड्न कुनै आइतबार कुर्नु पर्दैन’’ भट्टले सार्वजनिक रुपमै चेतावनी दिँदै आएका छन्। भट्टनिकटका नेता–कार्यकर्ताले पनि पछिल्लोसमय सामाजिक सञ्जालमा ओलीविरुद्ध असहमति जाहेर गरिरहेका छन्।

माघ २८ को आमसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली सरकारका दुई मन्त्री नै आफूहरुसँग आउन छलफलमा रहेको बताएका थिए। प्रचण्डको अभिव्यक्तिले ओली क्याम्पमा भूकम्प नै गएको थियो भने उर्जामन्त्री टोपबहादुर रायमाझीको निजी सचिवालयले विज्ञप्ति नै निकालेर त्यसको खण्डन गरेको थियो। सञ्चारमाध्यमले पनि नेकपामा फर्किनसक्ने नेताहरुले मनोविज्ञानबारे विभिन्न कोणबाट समाचार सम्प्रेषण गरेका थिए।

तर, प्रचण्डको अभिव्यक्ति कुनै भावावेश नभएर यथार्थ भएको घटनाक्रमले संकेत गर्दै आएको छ। गृहमन्त्री र उद्योगमन्त्रीको असहमति सतहमा आए पनि अरु नेताहरुले भित्रभित्रै ओली समूहको बिकल्प खोजिरहेका छन्। उनीहरुले आफूनिकट नेता–कार्यकर्ताको भेटमा बाध्यतावश ओली समूहतिर लागे पनि ‘स्थिति सोचेजस्तो नभएको’ भन्दै आएका छन्।

स्रोतका अनुसार गृहमन्त्री थापाले पूर्वमाओवादी समूहका सबै नेतालाई आफूमा केन्द्रित गर्ने, त्यसकै बलमा ओलीसँग बार्गेनिङ गर्ने र कुरा नमिले बिकल्प खोज्ने तयारी गरेका छन्। यसका लागि उनले पूर्वमाओवादी खेमाका नेताहरुसँगको परामर्श तीव्र पारेका हुन्। लाेकपाटी न्यूजबाट साभार ।

रातमाटामा प्रतिक फाईबर व्याग उद्योग सञ्चालनमा

सिन्धुली,४ फागुन – सिन्धुलीको कमलामाई नगरपालिका–६ रातमाटामा प्रतिक फाईबर व्याग उद्योग सञ्चालनमा आएको छ ।

उक्त उद्योगको मंगलबार कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले उद्घाटन गर्नु हुदै फाईबर उद्योग सञ्चालनसँगै नगर क्षेत्रलाई प्लाष्टिकको झोला मुक्त बनाउने नगरपालिकाको अभियानमा सहयोग पुगेको बताउनुभयो । उहाँले युवा उद्यमीलाई प्रोत्साहन गर्न एक लाखदेखि पाँच लाख रुपैयासम्म नगरपालिकाले निव्र्याजी बिनाधितो ऋण लगानी गर्न सुरु गरेको र अहिलेसम्म २० जनाले उक्त ऋण पाई सकेको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “उद्यमीलाई प्रोत्साहन गरी रोजगारको अबसर सिर्जना गर्न नगरपालिकाले नगर स्वरोजगार र युवा स्वरोजगार कोष स्थापना गरी एक÷एक करोड रुपैया बजेट छुट्याएको छ । कार्यविधि बनाई युवा स्वरोजगार कोष मार्फत निब्र्याजी विनाधितो ऋण लगानी गर्न सुरु गरि सकेका छौं । नगर स्वरोजगार कोषको भने कार्यविधि बनाउदै छौं, छिट्टै यस्को पनि प्रक्रियामा गएर ऋण लगानी गर्न सुरु गछौं ।”

उक्त फाईवर उद्योगका सञ्चालक प्रतिक कार्कीलाई पनि नगरपालिकाले नै लागनी गरी गत बर्ष एक महिनाको तालिमममा भारत पठाएको मेयर खत्रीले जानकारी दिनुभयो । उद्योग सञ्चालक कार्कीले १५ लाख रुपैया लगानीमा फाईवर उद्योग सञ्चालनमा ल्याएको सुनाउनुभयो । उहाँका अनुसार उक्त उद्योगमा सात जनाले रोजगार पाएका छन् । उद्यमी कार्कीका अनुसार फाईवर उद्योगले झोला, बोरा टिसर्ट, झण्डा उत्पादन गर्दछ ।

फाईवरको झोला एक घण्टामा तीन हजार वटा र एक दिनमा ४० हजार वटा उत्पादन उद्योगको क्षमता रहेको उद्यामी कार्कीले बताउनुभयो । उक्त उद्योगबाट उत्पादित बस्तुका बजार भने स्थानीय बजार सहित सिन्धुली जिल्लाको ग्रामीण क्षेत्र र छिमेकका जिल्लाहरु रहेको बताईएको छ । फाईवरको झोला १५ रुपैया लागतमा तयार हुने र बजारमा २० रुपैयामा बिक्री गर्न सकिने उद्योगले जनाएको छ ।

दूध बेच्नका लागि भारतका यी किसानले खरिद गरे हेलिकप्टर

काठमाडौं, ४ फाल्गुन - भारतीय राज्य महाराष्ट्रस्थित भिवन्डीका किसान जनार्दन भोइर आजभोलि निकै चर्चामा आएका छन् । जिन्युज इण्डियाका अनुसार दूध बेच्नकै लागि हेलिकप्टर खरिद गरेपछि उनको चर्चा चुलिएको हो ।

मानिसहरुले एउटा किसानले कसरी हेलिकप्टर किन्न सक्यो भनेर प्रश्न पनि गरिरहेका छन् । समाचारमा उल्लेख भएअनुसार उनी आफ्नो दूध व्यवसायको सिलसिलामा कयौंपटक राज्यभन्दा बाहिर जानुपर्छ । धेरै स्थानमा सहज रुपमा पुग्नका लागि उनले हेलिकप्टर खरिद गरेको बताइएको छ ।

डेरी व्यापार तथा रियल स्टेटको व्यापारी भएकाले उनले हेलिकप्टर खरिद गरेको बताएका छन् । उनले डेरी व्यापारको सिलसिलामा प्राय पन्जाब, जुरात, हरियाणा, राजस्थान जस्तो ठाउँमा गइरहनु पर्छ । हेलिकप्टरले उनको भ्रमणलाई निकै सहज बनाउने बताएका छन् । उनले आफ्नो घर छेउमै हेलिप्याड पनि निर्माण गरेका छन् । जिन्युज इण्डियाहदैन र दुःख दिन्छ । स्थानीयले आगो बालेर र टिन ठटाएर भगाउन सुझाब दिएका छौं,” उहाँले भन्नुभयो, “दुधौलीमा अझै १२÷१५ दिन बस्न सक्छ ।”

आज फाल्गुन ४ गते मंगलबारको राशिफल र मौसम

वि.सं.२०७७ साल फाल्गुन ०४ गते मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–पञ्चमी,५५ घडी ४४ पला,रातको ०५ बजेर ०० मिनेट उप्रान्त षष्ठी । नक्षत्र–रेवती,३४ घडी ४९ पला,बेलुकी ०८ बजेर ३८ मिनेट उप्रान्त अश्विनी । योग–शुभ,४७ घडी ३५ पला,रातको ०१ बजेर ४४ मिनेट उप्रान्त शुक्ल । करण–बव,बेलुकी ०४ बजेर ०३ मिनेट उप्रान्त बालव,रातको ०५ बजेर ०० मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–मीन,बेलुकी ०८ बजेर ३८ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५४ मिनेट । दिनमान २८ घडी ०० पला । श्रीपञ्चमी ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- समय राम्रो रहकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । अध्ययनकै सवालमा लामो वा छोटो दुरिको यात्राको तय हुनेछ । अध्ययन वा कामको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । अग्रज तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- कार्यक्षेत्रमा राम्रो प्रभाव जमाउन सकिने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । भुमि,बाहन तथा भौतिक बस्तुका प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । अध्यनमा प्रगति हुँने हुँदा बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । नयाँ प्रबिधिको प्रयोग गरि शुरु गरिएका कामहरु समयमा सम्पन्न हुने तथा मनग्गे आम्दानि पनि हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ । सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले केहि समयका लागि टाडिनु पर्ने हुन सक्छ । धार्मिक तथा सामाजिक कार्यमा सहभागि भई समाजको काम गर्ने बाताबरण बनेर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । अरुतिरै ध्यान जादा वा अध्ययन अध्यापनमा समय दिन नसक्दा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकेमात्र दिन रमाईलो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सानो गल्ति गर्नाले ठुलो घाटा सहनु पर्नेछ भने नियम संगत काम नगर्दा दण्ड तिुर्नपर्ने हुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- मनपरेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने योग रहेकोछ । लामो समयदेखि फैसला हुन नसकेका बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा साथिभाईहरुको सहयोगले नया कामको थालनि गर्न सकिनेछ । माया प्रेममा खुलेर रमाउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिुनहोला सामान्य चोटपटक लाग्न सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- व्यावसायमा राम्रो प्रगति हँुन गई आर्थिक सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । तर्कपुर्ण तथा शाहशिक बोलिको प्रभावले प्रभावशालि ब्याक्तित्वहरुलाई सजिलै बसमा पार्न सकिनेछ । आधुनिक कृषि तथा पशुपालन व्यावसाय अबलम्बन गर्ने किसानहरुले आवस्यक पर्ने औजारहरु राज्यबाट प्राप्त गर्न सक्नेछन् । घर जग्गा तथा सवारि साधनको कारोबारबाट भने जस्तो नाफाँ कमाउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानि गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् ।

तपार्ईँको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था :- प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :– प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदलीको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

आज राती :– प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदलीको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

 

 

 

प्रतिक्रिया