सिन्धुली,०७ माघ– जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले अ नैतिक र अ बैध रुपमा हुने सबै त स्करीका से टिङ भ ताभुंग पार्ने बताउनु भएको छ ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखा महाराजगञ्ज काठमाडौँबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको जिम्मेवारीमा सरुवा भइ आउनु भएको उपरिक्षक तिम्सिना र सिन्धुलीका क्रियाशिल पत्रकारबिचको अन्र्तक्रिया कार्यक्रममा अबैध रुपमा हुदै आएको भनिएको सबै प्रकारका से टिङ भत्काउने बताउनुभयो ।
जिल्लास्थित प्रहरी चौकी तथा इलाका प्रहरीमा कार्यरत प्रहरीलाई लामो समयसम्म एकै स्थानमा राख्दा अबैधधन्दा चलाउने तस्कर र प्रहरीबिचनै सेटिङमा अबैध कारोबार हुने गरेको सञ्चारकर्मीहरुले बताएसँगै प्रहरी प्रमुख तिम्सिनाले यस्तो बताउनु भएको हो ।
उहाँले प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध रहेको भन्दै सबै नागरिकको पहुँचमा प्रहरी कार्यालय रहेको बताउनुभयो । जिल्लाको शान्ति सुरक्षामा परिवर्तनको आभाष जिल्लाका नागरिकहरुलाई दिने छु भन्नुभयो । उहाँले भन्नुभयो “ म क डा होइन आजभन्दा १८ महिना अगाडीसम्म म बहुत कडा हो, तर अब म नरम भएको छु, किनकी कडाचिज भाचिदो रहेछ यो मेरो जागिरे जिवनको सिकाई हो । तर कानुनी कुरामा न्याय मर्दैन, पिडितले न्यायको खोजीमा भौतारिनु पर्दैन ।”
उहाँले पत्रकारहरुमाझ जिल्ला प्रहरी कार्यालयको गेट साधारण नागरिकको लागि समेत चौबिसै घण्टा खुल्ला रहने प्रतिबद्वता ब्यक्त गर्नुभयो ।जिल्ला प्रहरी कार्यालयमा जनशक्तिको समेत अभाव रहेको भन्दै भएका जनशक्तिलेनै शान्ति सुरक्षा दिन आफुहरु सधैलागि पर्ने उहाँले बताउनुभयो । सिन्धुलीमा अबैध रुपमा गाँजा खेती हुदै आएको जानकारी आफुलाई भएकाले त्यसलाई प्रमुख प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रयास भएको उहाँले जनाउनुभयो । प्रहरी कानुनको पावरमा मात्रै चल्छ, उहाँले भन्नुभयो, 'अन्य कुनै पा वरमा प्रहरी च ल्दैन,।” उहाँले समग्र जिल्लाको शान्ति सुरक्षामा प्रहरी सधै लागि पर्नेछ भन्नुभयो ।