शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य आज पनि बढ्यो

बिहिवार , भाद्र २५, २०७७

काठमाडौं २५ गते – साताको पाँचौ दिन आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ४ सयले बढेको छ ।

बुधबार तोलामा ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छा’पावाल सुनको मूल्य बिहीबार रु ४ सय बढेर ९६ हजार ८सय पुगेको महासंघले जनाएको छ । यस्तै ते’जावी सुन तोलामा ९६ हजार ३सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाले बढेको छ । बिहीबार चाँदीको मूल्य बुधबारको तुलनामा रु १० बढेर तोलामा १३ सय २५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३सय१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया