काठमाडौँ,१२ भदौ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोालामा ७ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छा पावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय कायम गरिएको छ भने ते जावी सुनको मूल्य ९६ हजार ४ सय निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३४० रहेको महासंघले जनाएको छ ।