शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मुल्य घट्ने क्रम जारी

मंगलवार , भाद्र ९, २०७७

काठमाडौं,९ भदौ – नेपाली बजार सुनको भाउ निरन्तर घट्ने क्रम जारी छ । हिजो सोमवारको तुलनामा आज मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छा पावाला सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ र ते जाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।

हिजो छापावाला सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक जहार ३२० रुपैयाँमा कायम गरिएको छ ।

प्रतिक्रिया