काठमाडौं । सुनचाँदीको भाउ सामान्य घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) का लागि छा पावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको छ । गत शुक्रबार तोलाको ९८ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै ते जाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । गत शुक्रबार तोलाको ९८ हजार १ सय तोकिएको थियो ।
चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले कमी आएको छ । गत शुक्रबार तोलाको १३ सय ५५ रुपैयाँ कायम भएको चाँदीको भाउ यसदिन १३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तोलामा एक लाख रुपैयाँ कटिसकेको सुनको मूल्य गत बुधबार एकै दिन ६ हजार २ सय रुपैयाँले घटेको थियो ।