शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०७७ साउन ३१ गते शनिबारको विदेशी बिनिमय दर

शनिवार , श्रावण ३१, २०७७

काठमाडौं,३१ साउन -अमेरिकी डलरको उकालो यात्रा कायम रहेको छ। शुक्रबारबाट उकालो लागेको यात्रा शनिवार १० पैसाले बढेको हो। शुक्रबार ११९ रुपैयाँ ४५ पैसामा कारोबार भएको अमेरिकी डलर शनिबार पुग्दा ११९ रुपैयाँ ५५ पैसामा कारोबार भएको छ। नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अमेरिकी डलरउकालो लाग्न थालेपछि यूरोपीयन यूरो र पाउण्ड स्टर्लिङको उकालो यात्रामा भने ब्रेकलागेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५५ पैसा विक्रीदर १२० रुपैयाँ १५ पैसा रहेको छ। यूरोपीयन यूरोको खरिददर १४० रुपैयाँ ९९ पैसा, विक्रीदर १४१ रुपैयाँ ७० पैसा रहेको छ।

पाउण्ड स्टर्लिङ १ को खरिददर १५६ रुपैयाँ २१ पैसा, विक्रीदर १५७ रुपैयाँ, अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३६ पैसा, विक्रीदर ८५ रुपैयाँ ७९ पैसा रहेको छ।

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८८ पैसा, विक्रिदर ३२ रुपैयाँ ०४ पैसा, यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८३ पैसा र विक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ।

यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ५५ पैसा, विक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ५१ पैसा र विक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार मलेसियन रिंगेटमा भने शुक्रबार र शनिबार एउटै दरमा कारोबार भएको छ।

प्रतिक्रिया