काठमाडौं, ३० साउन – सुनको मूल्य शुक्रबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छा पावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छा पावाला सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपेयाँमा कारोबार भएको थियो।
ते जाबी सुनको मूल्य तोलामा पनि ८ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य तोलामा १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।