काठमाडौं २९ साउन – सुनचाँदीको मूल्य आज बिहिवार बढेको छ । सुन आज तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो बुधवार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ते जावी सुनको मूल्य ९७ हजार ३ सय निर्धारण गरिएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
कोरोना सं क्रमण बढिरहँदा लगानीकर्ता सुनमा आकर्षित भएकाले मूल्य महँगो हुँदै तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।
तर रुसले कोरोना वि रुद्धको खोप तयार गरेको दाबी गरेपछि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको मूल्य युरोपियन देशले खोपमा अविश्वास गरेपछि आज फेरि मूल्य बढेको हो ।