शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि बढ्यो सुनको मूल्य

बिहिवार , श्रावण ८, २०७७

काठमाडौं ८ साउन - नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ । बुधबार तोलामै ९४ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज पनि ५ सयले बढेर हालसम्म कै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६५ पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११४५ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया