काठमाडौं ५ साउन - आज सोमबार नेपाली बजारमा सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेर ९२ हजार ३ सयमा कारोबार भैरहेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रहेको छ भने ते जावी सुन प्रतितोला ९१ हजार ८६५ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला १००५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ५ रुपैयाँले घटेर १००० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।