शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज फेरि ब ढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बुधवार , आषाढ ३१, २०७७

काठमाडौं ३१ असार - नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । यो संगै सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ तोलाको ९२ हजार ८ सय पुगेको छ । मंगलबारको तुलनामा बुधबार (आज) एकैदिन तोलामा ६ सय रुपैयाँले ब ढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छा पावाल सुन तोलाको ९२ हजार ८ सय तोकेको छ । मंगलबार तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै ते जावी सुनको भाउ पनि तोलाको ९२ हजार ३ सय ६० पुगेको छ । मंगलबार तोलाको ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँ दीको भाउ पनि तोलाको एक हजार नाघेको छ । महासंघले आज (बुधबार) का लागि चाँदीको भाउ तोलाको १ हजार ५ रुपैयाँ कायम गरेको छ । मंगलबार तोलाको ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया