शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य घट्यो

मंगलवार , आषाढ ३०, २०७७

काठमाडौं ३० असार - नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ७६० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदी प्रतितोला ९९० रुपियाँमा कारोबार भएकोमा आज ५ रुपियाँले बढेर प्रतितोला ९९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया