शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य घट्यो

आइतवार , आषाढ २८, २०७७

काठमाडौं २८ असार- नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ६६० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला ९८० रुपियाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया