शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य घट्यो

बिहिवार , आषाढ १८, २०७७

काठमाडौं १८ असार– लगातार उचारचढाव आइरहेको सुनको मूल्य नेपाली बजारमा बिहीबार प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहिबार प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलाको ९० हजार ५६५ रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर ९५० रुपैयाँमा आएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ७ सय रुपैयाँ रहेको थियो भने तेजावी सुन प्रतितोला ९१ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया