शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुन मूल्य घट्यो

मंगलवार , आषाढ ९, २०७७

काठमाडौँ ९ असार - आज (मंगलबार) सुनको मूल्य केही घटेको छ । सोमबार इतिहासकै सबैभन्दा बढी तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय तथा तेजावी सुन प्रतितोला ९० हजार १६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको तालिका अनुसार आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया