शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य बढ्ने क्रम जारी

सोमवार , आषाढ ८, २०७७

 

काठमाडौँ, ८ असार–सुनको मूल्य बढ्ने क्रम जारी छ। सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँची व्यवसायी महासंघका अनुसार साेमबार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि ४ सय रुपैयाँ बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलमा ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया