काठमाडौं २५ जेठ -लकडाउन कारण पसल बन्द भएपछि महासंघले गत चैत ११ गतेदेखि सुनचाँदीको मुल्य तोकेको थिएन । तर, आइतबारदेखि पसलहरु खुल्ने भएपछि महासंघले आजदेखि सुनको मुल्य निर्धारण गर्न सुरु गरिएको हो ।
आज प्रकाशित मुल्यदर अनुसार सुनको मुल्य हालसम्म कै उच्च विन्दुमा पुगेको छ । महासंघले आजका लागि छापावाला सुनको मुल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ तोकेको छ । यस्तै, तेजावी सुनको मुल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको महासंघको भनाइ छ । चाँदीको मुल्य भने प्रतितोला ९२५ रुपैयाँ तोकिएको छ । यसअघि सुनको मुल्य ८३ हजार ५०० सम्म पुगेको थियो ।
लकडाउन हुदाँ सुनको मुल्य प्रतितोला ७७ हजार रुपैयाँ थियो । साढे २ महिना पछि मुल्य तोक्दा सुनको मुल्य १० हजारले बढेको देखिन्छ ।
बिशेषगरि कोरोना भा इरसका कारण विश्वभर उब्जीएको आर्थिक संकटका कारण सुनको मुल्य बढेको बताइन्छ । कोरोना भा इरसका कारण अहिले विश्वबजारमा नै सुनको मुल्य बढेको छ ।