काठमाडौं ३१ बैशाख- नेपालमा थप २४ जनामा को रोना भा इरसको सं क्रमण देखिएको छ । यो सहित नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा सं क्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार रुपन्देहीका २२ देखि ४१ वर्षका ९ जना पुरुषा र ४ देखि २८ वर्षका तीन जना महिला, कपिलवस्तुका २२ देखि ४२ वर्षका ८ जना पुरुष, पर्साका ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी एक मिहलामा संक्रमण देखिएको हो। यसका साथै नवलपरासीका ३६ वर्षीय एक जना पुरुषमा पनि कोरोना देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनु भयो ।