शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य फेरी बढ्यो

मंगलवार , फाल्गुण २७, २०७६

काठमाडौं २७ फागुन -साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर ८२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो नेपाली बजारमा सूनको अहिलेसम्मकै महँगो मूल्य हो । यस्तै तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले बढेर ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार तेजाबी सुनको मुल्य तोलाको ८२ हजार चार सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

तर आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले कमि आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य ८ सय ९० रहेको थियो । भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी ८ सय ८० मा कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया