शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य यथावत्

आइतवार , फाल्गुण २५, २०७६

 

काठमाडौं २५ फागुन -सुनको मूल्यमा आइतबार स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य साताको पहिलो दिन यथावत् रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य यथावत् हुँदा तेजावी सुनको मूल्य पनि प्रतितोला ८२ हजार २ सय रुपैयाँमा यथावत छ ।

आइतबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया