सिन्धुलीको सुनकोशि गाउँपालिकामा चो‘री र बाईकमा आग‘जनि भएको छ । सुनकोशि गाउँपालिका वडा नं १, टुपिडाँडा अन्तर्गत पर्ने मरीण–लालबन्दी लोकमार्ग परियोजनामा सडकमा काम गर्न ल्याइएको इस्काभेटरबाट १÷१ थान स्पिकर र कम्बल चो‘री भएको हो । अनटेस्ट इस्काभेटरको सिसा फो‘डेर सामान चो‘री भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । साथै, स्काभेटर नजिकै बद्री तोलाङगिको नयाँ घरमा रहेको बा ८७ प ८८८७ नम्बरको मोटरसाईकलमा पनि आग‘जनि भएको छ । बिहिबार राती १० बजे चो‘री र आग‘जनि भएको हो ।
प्रहरीले उक्त सूचना आज(शुक्रबार) बिहान २ः३० मा पाएको थियो । सूचना पाएको केहि समयमै प्रहरी चौकि दुम्जाबाट खटिएका प्रहरीले १५ वर्षिया दिपक बर्मा साह र उनको साथि १८ वर्षिया विनोद अछामिलाई नि‘यन्त्र‘णमा लिएको छ । उक्त घट्नामा संलग्न रहेको भन्दै प्रहरीले दुवैजनालाई नि‘यन्त्र‘णमा लिएर आवश्यक अनुसन्धान गरिररहको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । नियन्त्रणमा रहेका दुवैजनाले मा‘दक पदार्थ सेवन गरेका थिए । चो‘री भएको स्पिकर र कम्बल मोटरसाइकल ज‘लेको स्थान नजिकै भेटिएको थियो । उक्त सामान एस्काभेटर चालकलाई बुझाइएको छ ।