काठमाडौं,०४ मंसिर - मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।
हाल देशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ। तराई भू–भाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो÷हुस्सु लागेको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
त्यस्तै राति कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ ।