शुक्रवार, कार्तिक १४ गते २०८३

Friday 30th October 2026

मरिणमा ट्रकको ठक्करबाट सात वर्षीय बालक घाइते

शुक्रवार , कार्तिक १४, २०८३

सिन्धुली, १३ असोज – सिन्धुलीको मरिण गाउँपालिका–७ जयमंगलमा ट्रकको ठक्करबाट सात वर्षीय बालक घाइते भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले शुक्रवार दिएको जानकारी  अनुसार बिहिवार बिहान करिब ७ बजेर २० मिनेटमा मदन भण्डारी राजमार्गअन्तर्गत जयमंगलमा मकवानपुरबाट सिन्धुलीतर्फ आउँदै गरेको ना ६ ख ४९९५ नम्बरको दाना बोकेको ट्रकले स्थानीय सुरज विकका छोरा कल्याण विकलाई ठक्कर दिएको हो । ट्रक रौतहटको चन्द्रपुर नगरपालिका–८ निवासी ४५ वर्षीय अमृत दंगालले चलाएका थिए ।

दुर्घटनामा बालकको दुवै खुट्टा र टाउकोमा चोट लागेको छ । बोल्न सक्ने अवस्थामा रहेका उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनलाई सुरुमा कपिलाकोट स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो ।

प्रहरीका अनुसार बिहान ११ बजेर ५५ मिनेटमा थप उपचारका लागि बालकलाई काठमाडौंस्थित न्युरो अस्पताल रिफर गरिएको छ ।  घटनापछि ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया