शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेकपा (एमाले) को ११औँ महाधिवेशनः सिन्धुलीबाट विभिन्न पदमा उम्मेदवारी घोषणा

मंगलवार , पौष १, २०८२

सिन्धुली ,- नेकपा (एमाले) को ११औँ महाधिवेशनमा सिन्धुली जिल्लाबाट विभिन्न समूह तथा कोटाबाट केन्द्रीय नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ। पार्टीको केन्द्रीय संरचनामा प्रतिनिधित्व बढाउने उद्देश्यसहित सिन्धुलीका नेताहरूले आ–आफ्नो पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन् ।

खुला केन्द्रीय सदस्य पदमा सिन्धुलीबाट प्रदीप कटुवाल, गणेश कुमार पहाडी र सुबास देवकोटा ले उम्मेदवारी घोषणा गर्नुभएको छ । यस्तै आदिवासी  जनजाति खुला कोटाबाट विशामलाल अधिकारी केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा रहनु भएको छ ।

बागमती प्रदेश भूगोल (युवा) केन्द्रीय सदस्य पदमा लालबहादुर बुधाथोकी उम्मेदवार बन्नु भएको छ भने महिला खुला कोटाबाट निरु दर्लामी ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ । यसैगरी, केन्द्रीय अनुशासन आयोग सदस्य पदमा सिन्धुलीकी रणकुमारी बलमपाकी मगर ले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

पार्टीको केन्द्रीय लेखा आयोग सदस्य पदमा तरणनिधि पोखरेल उम्मेदवार बन्नु भएको छ । त्यस्तै दलित युवा कोटाबाट सरोज बी.क र जनजाति युवा कोटाबाट दीपक कुमार माझी ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

सिन्धुलीबाट विभिन्न वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्वसहित उम्मेदवारी घोषणा हुनु पार्टीभित्र सकारात्मक सन्देश जाने एमालेका स्थानीय नेताहरूले बताएका छन् । महाधिवेशनमार्फत केन्द्रीय नेतृत्वमा सिन्धुलीको प्रभावकारी उपस्थिति रहने उनीहरूको विश्वास छ ।

प्रतिक्रिया