शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेपाली कांग्रेसमा प्रतिनिधिसभा उम्मेदवार चयन विवाद स् क्षेत्र नं. १ मा १३ जनाको सिफारिस, योग्यता नपुगेका नाम समेत सिफारिस

शुक्रवार , मंसिर २६, २०८२

नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार चयन प्रक्रिया विवादास्पद बन्दै गएको छ । पार्टीकेन्द्रबाट क्षेत्र नं. १ का लागि कुल ३ जनाको मात्र सिफारिस मागिएको भए पनि जिल्लाबाट १३ जनाको नाम पठाइएको छ, जसले संगठनभित्र नै प्रश्नहरू उठाएका छन् ।

सबैभन्दा विवादास्पद नाममध्ये एक बनेका छन् अन्जनी कोइराला, जो १२ नम्बरमा सिफारिस भएका छन् । पार्टी संरचनाअनुसार वडा तहसम्मको क्रियाशील सदस्यता नपुगेका व्यक्तिलाई प्रतिनिधि सभा उम्मेदवार सिफारिसमा राख्नु नीतिविरुद्ध मात्र नभई संगठनात्मक मर्यादामाथि चुनौती भएको स्थानीय नेताहरूको भनाइ छ । यसले कांग्रेसभित्र नै “योग्यता भन्दा चलखेल बलियो भयो” भन्ने चर्चा तीव्र बनाएको छ ।

क्षेत्र नं. १ बाट श्याम घिमिरे पहिलो नम्बरमा सिफारिस भइसकेका छन् । पार्टीभित्रका नेताहरूका अनुसार घिमिरेको टिकट पक्का सरह मानिएको छ । स्थानीय कांग्रेस नेताहरू भन्छन—“क्षेत्र नं. १ मा त नाम जसको राखे पनि फरक पर्दैन, टिकट भने घिमिरेकै हो ।”

तिनजनाको मात्र नाम आवश्यक परे पनि १३ जनाको सूची बनाइएका कारण जिल्ला संगठनमै आलोचना बढिरहेको छ । क्रियाशील सदस्यता नभएका व्यक्तिसमेत सिफारिसमा परिनु “हास्यास्पद निर्णय” भएको भन्दै धेरैले प्रश्न उठाइरहेका छन् ।

स्थानीय कांग्रेस कार्यकर्ताहरूको भनाइमा—“स्वयम् वडा सदस्य बन्न नपुग्ने मानिसलाई जिल्लाको संसद बनाउने भनेर नाम पठाउनु भनेको कांग्रेसभित्रै लोकतान्त्रिक अभ्यास कमजोर भएको संकेत हो ।”

प्रतिनिधि सभा चुनावलाई लक्षित गर्दै कांग्रेसी गतिविधि तीव्र हुँदै गर्दा उम्मेदवार सिफारिसमै देखिएको अव्यवस्थित अभ्यास र विवादले पार्टीभित्रको गम्भीर असन्तुलन उजागर गरिदिएको छ ।

अब केन्द्रले कुन–कुन नामलाई आधिकारिक रूपमा टिकट दिने हो, त्यसले संगठनको विश्वसनीयता र आगामी चुनावी प्रभावमा ठूलो असर पार्ने निश्चित छ ।

प्रतिक्रिया