सिन्धुली — गोलन्जोर गाउँपालिका–५ खानी निगालेस्थित भित्री कच्ची सडकखण्डमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जना सह–चालक घाइते भएका छन् ।
मिति २०८२।०८।२२ गते बिहान करिब ८ बजे, खनियाखर्कबाट निगालेतर्फ गइरहेको ना ५ त ५३९२ नम्बरको गिट्टी लोड ट्याक्टर अचानक बिग्रिएर पल्टिँदा सह–चालक गोपाल खपांगी मगर, इन्जिनले च्यापिएको अवस्थामा फेला परेका थिए ।
घटनाको जानकारी प्राप्त होतै प्रहरी चौकी गढीबाट खटिएको टोलीले जेसिबि को सहायतामा तत्काल उद्धार गरि उहाँलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको प्रहरीले जनाएको छ । उहाँको दायाँ खुट्टा र हातमा चोट लागेर अवस्था मध्यम रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ ।
यसैबीच, ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।