सिन्धुली,– सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–४ धनमान खोलास्थित पाखाको डिलमा घाँस काटिरहेका अवस्थामा लडी परी एक महिलाको मृत्यु भएको छ ।
आज बिहान करिब ८ बजेतिर ८० वर्षीया कान्छीमाया घिसिङ डिलबाट लडी घाइते भएपछि तत्कालै उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको थियो ।
उनीमाथि ट्रमा सेन्टरमा उपचार गर्दा–गराउँदै साँझ करिब ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको अस्पतालमा कार्यरत प्रहरी स्रोतले जनाएको छ । उक्त जानकारी प्रहरी चौकी महेन्द्रझ्याडीले ट्रमा सेन्टरमा तैनाथ प्रहरी मार्फत बेलुका ८स्०८ बजे प्राप्त गरेको हो ।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।