शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

ला.प.से चेकजाँचमा ६ जना चालक पोजिटिभ, सवारी सहित नियन्त्रणमा

बिहिवार , मंसिर १८, २०८२

सिन्धुली — जिल्ला प्रहरी कार्यालय सिन्धुली र जनस्वास्थ्य कार्यालयको संयुक्त टोलीले आज २०८२—०८—१८ गते गडौली पुलस्थित बि.पि. राजमार्गमा एक घण्टासम्म सञ्चालन गरिएको लागुऔषध सेवन (THC Rapid Test) चेकजाँचमा ३२ वटा सवारीसाधन परीक्षण गर्दा ६ जना चालक लागुऔषध सेवन गरेको पोजिटिभ भेटिएका छन् ।

 

उज्वल कार्कीको कमाण्डमा १९ जनाको टोली खटिएको उक्त अभियानमा ट्रक, बस, माइक्रो, सुमो, इलेक्ट्रिक भ्यान र पिकअपका चालकहरुको परीक्षण गरिएको थियो । पोजिटिभ भेटिएका ६ जनालाई आवश्यक कारबाहीका लागि सवारीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

पोजिटिभ भेटिएका चालकहरू

१. कुशराज सुनुवार – मोटरसाइकल (रामेछाप, उमाकुण्ड)

२. तुसाहाङ सावा – मोटरसाइकल (झापा, दमक)

३. चेतराज नेपाली – स्कुटर (सिन्धुली, गोलन्जोर )

४. गोबिन्द सिक्देल – मोटरसाइकल (उदयपुर, बेलका)

५. बिनोद शंकर – मोटरसाइकल (सिन्धुली, धुराबजार)

६. नरेन्द्र भण्डारी – मोटरसाइकल (सिन्धुली, राममाडी)

 

सवारी दुर्घटना न्यूनिकरणका लागि गरिएको यो अभियान बि.पि. राजमार्गमा निरन्तर चलाइने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया