शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा अटो पल्टिँदा सात वर्षीया बालिका घाइते

सोमवार , कार्तिक २४, २०८२

सिन्धुली,२४ कात्तिक — सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्याङमा आइतबार साँझ अटो दुर्घटना हुँदा एक बालिका घाइते भएकी छन् । खोरभञ्याङबाट दुधौली बजारतर्फ आउँदै गरेको प्र.२–०१–००१ ह ११९० नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा सवार दुधौली – ७ मुसरटोल बस्ने रोहीत सदाको छोरी वर्ष ७ की रोशीका सदासात वर्षीया रोशीका सदा घाइते भएकी हुन् ।

इलाका प्रहरी कार्यालय दुधौलीका अनुसार अटो चालक दुधौली–७ पोखरेका २८ वर्षीय भिम ब. मगरले मोड लिँदै गर्दा सवारी नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । दुर्घटनामा अटोमा सवार मुसरटोलकी बालिका रोशीका सदा घाइते भई दुधौलीस्थित प्रयाग अधिकारी हेल्थ केयर प्रालिमा प्रारम्भिक उपचार गरिएको थियो ।

प्रहरीका अनुसार बालिकाको दायाँ हातमा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ । प्रारम्भिक उपचारपछि स्वास्थ्य सुधार नभएपछि उनलाई धुलिखेल अस्पताल रिफर गरिएको छ । हेल्थ केयरका चिकित्सकले आइतवारबार साँझ साढे ६ बजे बालिकालाई थप उपचारका लागि पठाएका थिए । उनी राति करिब ११ बजे धुलिखेल अस्पताल पुगेकी थिइन् ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । दुर्घटनास्थल प्रहरी चौकी दुधौलीबाट करिब दुई किलोमिटर उत्तरतर्फ पर्छ । चालक समेत उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार उक्त अटो दुधौली बजारतर्फ सामान पुर्‍याएर फर्किने क्रममा सडकको मोडमा पल्टिएको थियो। सो दुर्घटनापछि केही समय यातायात अवरुद्ध भए पनि पछि सडक सञ्चालनमा आएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया