शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा तीन थान अवैध बन्दुकसहित तीन जना पक्राउ

बुधवार , कार्तिक ५, २०८२

सिन्धुली,०५ कात्तिक – सिन्धुलीको दुधौली नगरपालिका–१४, गायोटारबाट प्रहरीले तीन अवैध भरुवा बन्दुक बरामद गर्दै तीन जना व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्लला प्रहरी कायार्यालय सिन्धुलीले जनाएको छ ।

हिजो मंगलबार राति करिब ८ ः ०० बजे प्राप्त गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय डकाहाको प्रहरी निरीक्षक नेतृत्वमा खटिएको टोलीले दुधौलीमा सर्च अपरेसन सञ्चालन गरेको थियो।

खानतलासीका क्रममा स्थानीय ५३ बर्षीय कुलबहादुर सुनुवार ,५० बर्षीय धनबहादुर सुनुवार र ४२ बर्षीय मंगलबहादुर सुनुवार को घर नजिक लुकाइछिपाइ राखिएका तीन थान अवैध भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद हतियारसहित ती तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय डकाहाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया