शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा जुवा तास खेल्दै गरेका २४ जना पक्राउ, ३ लाख ८९ हजार रुपैयाँ बरामद

सोमवार , कार्तिक ३, २०८२

सिन्धुली,०३ कात्तिक —  सिन्धुलीको गोलन्जोर गाउँपालिका–३, ग्वालटारमा जुवा तास खेलिरहेको अवस्थामा २४ जना व्यक्ति पक्राउ परेका छन् । आज बिहान करिब ४ बजे, इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ  ।

प्रहरीका अनुसार, कल्याण कार्कीले आफ्नै घरको तेस्रो तल्लाको हलमा ठूलो संख्यामा व्यक्तिहरू जम्मा गरी जुवा तास खेलाएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी टोलीले तत्काल छापा मारेको थियो । छापामारीको क्रममा नगद रू.३,८९,१६१ । (तिन लाख उनान्नब्य हजार एक सय एकसठ्ठी रुपैयाँ) बरामद गरिएको छ ।

बरामद गरिएको रकमसहित पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खुर्कोटमा ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमा गोलन्जोर गाउँपालिकाका विभिन्न वडाका साथै कमलामाई नगरपालिक, रामेछाप र ओखलढुंगाका बासिन्दा पनि रहेका छन् ।

ती मध्ये ढालबहादुर कार्की गोलन्जोर–२, , भरत थापा गोलन्जोर–३, राजु थापा गोलन्जोर–३, , प्रज्वल कार्की गोलन्जोर–३, , रविन श्रेष्ठ गोलन्जोर–३, मनोज पोखरेल गोलन्जोर–३, , ओमकुमार कार्की गोलन्जोर–३, , भरतबहादुर वयलकोटी गोलन्जोर–३, , तपन पौडेल गोलन्जोर–४, , देवबहादुर खपाङ्गी कमलामाई–१२, शिवकुमार कार्की गोलन्जोर–२, , इन्द्रबहादुर पुर्वाछाने मगर गोलन्जोर–३, एलिस उर्फ आलोक बराल गोलन्जोर–३, अभिषेक थापा गोलन्जोर–३, चन्द्रबहादुर माझी मन्थली–६, रामेछाप, , दलबहादुर देवकोटा गोलन्जोर–७, , बिराज श्रेष्ठ गोलन्जोर–६, , राजकुमार श्रेष्ठ गोलन्जोर–३, , घरधनी कल्याण कार्की गोलन्जोर–३, , कृष्ण उर्फ इन्द्रबहादुर कार्की गोलन्जोर–३, , शुसिल सुनुवार सुनकोशी–७, ओखलढुंगा, र मिनबहादुर थापा गोलन्जोर–३, रहेका छन् ।

इलाका प्रहरी कार्यालय खुर्कोटले पक्राउ परेकामाथि जुवातास (निषेध) ऐन, २०३३ अनुसार कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ । प्रहरीले यस किसिमका अवैध गतिविधि रोकथामका लागि गाउँघरमा सूचनादाता सक्रिय बनाउँदै थप निगरानी बढाउने बताएको  छ।

प्रतिक्रिया