शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुली कारागारबाट फरार कैदीसहित २१३ जना पक्राउ

बिहिवार , आश्विन ३०, २०८२

सिन्धुली,३० असोज – सिन्धुली कारागारबाट फरार भएका कैदी तथा थुनुवामध्ये २२२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भदौ २५ गते सिन्धुली कारागारबाट आगजनी तथा तोडफोड गरी फरार भएका ४७१ कैदी, थुनुवा, तथा बाल बिज्यार्ईकर्ताहरु मध्येहरुबाट बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र मातहत प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रहरी टोलीहरूले निरन्तर खोजी तथा निगरानी सञ्चालन गर्दा सिन्धुली कारागारबाट फरार भएका १९९ जना कैदी थुनुवा, तथा अन्य कारागार र सुधार गृहबाट भागेका २३ जना गरी २२२ जनालाई पक्राउ गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । प्रहरीका अनुसार सिन्धुली कारागारबाट भगेकौ १२९ जना स्वयम उपस्थित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीका अनुसार पक्राउ परेकामध्ये बहुसंख्यकज्यान सम्वन्धी कसुर, लागुऔषध , बलात्कार, चोरी तथा डाका र ठगी तथा बैंकिङकसुरका अभियोगमा सजाय भोगिरहेका थिए । बाँकी फरारहरुको खोजी कार्य जारी रहेको उनले बताए ।

कारागारमा भएको आगलागीका कारण थुनुवाहरूले मौका पाएर फरार भएका थिए । आगलागी नियन्त्रणपछि प्रहरीको विशेष टोलीले जिल्लाभर खोजतलास सञ्चालन गरेको थियो । सिन्धुली कारागारमा लागेको आगोले कारागारका संरचनामा क्षति पुगेको र घटना अनुसन्धान अन्तिम चरणमा रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया