काभ्रेपलाञ्चोक २८ असोज, – भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिन्धुलीबाट फरार ३ जना लागाएत विभिन्न कारागारबाट भागेका ५२ जना फरार कैदीबन्दीहरूलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार, विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र मातहत प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले बिभिन्न १३ वटा मुद्दा शीर्षकका ५२ जना कैदी, थुनुवा तथा बाल बिज्याईकर्ताहरू पक्राउ गरिएको जानाकारी दिए ।
उनका अनुसार, पक्राउ परेका बाल बिज्याईकर्ताहरूलाई बाल सुधार गृह भक्तपुर र अन्यलाई जिल्ला कारागार काभ्रेपलाञ्चोकमा राखिएको छ ।
५२ जना मध्ये सिन्धुलीबाट फरार ३ जना, केन्द्रीय कारागारबाट फरार २४ जना, नख्खु कारागारबाट फरार १८ जना, कारागार कार्यालय झुम्का कारागार सुनसरीबाट फरार २ जना, डिल्लीबजार कारागारबाट फरार १ जना, बाल सुधार गृह भक्तपुरबाट फरार १ जना, नेपालगञ्ज बालसुधार गृहबाट फरार १ जना, मानव वेचविखन अनुसन्धान व्यूरोको हिरासतबाट फरार १ जना र जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट फरार १ जना गरी ५२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।